NIMB Header 2
Prabhu Mahalaxmi

एभरेष्ट बैंकले शेयर बजारमा लगानी गर्ने, आफ्नै नीति बनाएर नियामकीय सिमाभित्र लगानी गर्न सक्ने

United Ajod
  • BFIS News
  • 2026 Sep 30 14:43
एभरेष्ट बैंकले शेयर बजारमा लगानी गर्ने, आफ्नै नीति बनाएर नियामकीय सिमाभित्र लगानी गर्न सक्ने
IME LIFE

काठमाडौं। एभरेष्ट बैंकले पनि दोस्रो बजारमा लगानी गर्ने योजना बनाएको छ। बैंकको ३२ औं वार्षिक साधारणसभाको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले शेयरधनीलाई जवाफ दिदै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयरमा लगानी गर्न पाउने व्यवस्था गरेपछि त्यसतर्फ पनि सम्भावना अध्ययन गर्न सकिने उनले बताए।

Nepal Life
NIMB

हाल बैंकले म्युचुअल फण्ड तथा केहि कम्पनीको संस्थापक शेयरमा मात्रै लगानी गरेको छ। बैंकले दोस्रो बजारमा नियमित कारोबार भने गर्ने गरेको छैन।

खालिङले बैंकिङको मूल व्यवसाय निक्षेप संकलन र कर्जा प्रवाह नै रहेको स्पष्ट पार्दै नयाँ लगानीका अवसरलाई पनि अध्ययन गरेर अघि बढ्ने बताए।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयरमा लगानी गर्न पाउने व्यवस्था गरेपछि त्यसतर्फ पनि सम्भावना अध्ययन गर्न सकिने उनले बताए। यद्यपि शेयरमा लगानी गर्दा रकम फिर्ता हुन समय लाग्न सक्ने र बजारको मूल्य निर्धारणका विभिन्न पक्ष रहेकाले पर्याप्त अध्ययन आवश्यक हुने उनको भनाइ थियो।

बैंकले शेयरमा लगानीसम्बन्धी आफ्नै नीति बनाइसकेको अवस्था नरहेको उल्लेख गर्दै उनले नियामकीय व्यवस्था थप स्पष्ट भएपछि निश्चित सीमाभित्र रहेर लगानी गर्न सकिने सम्भावना रहेको बताए।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया