NIMB Header 2
Prabhu Mahalaxmi

विश्व लगानीकर्ता सप्ताह २०२६ आजबाट शुरु, पहिलो दिन तीन शहरमा प्रभातफेरी

United Ajod
  • BFIS News
  • 2026 Oct 05 20:41
विश्व लगानीकर्ता सप्ताह २०२६ आजबाट शुरु, पहिलो दिन तीन शहरमा प्रभातफेरी
IME LIFE

काठमाडौं, आश्विन १९ । विश्व लगानीकर्ता सप्ताह २०२६ (World Investor Week 2026) आजदेखि नेपालमा शुरु भएको छ । सप्ताहको पहिलो दिन नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (SBAN) को सहकार्यमा देशका तीन प्रमुख शहर पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।

Nepal Life
NIMB

पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

पोखरामा आयोजित प्रभातफेरी कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले गर्नुभएको थियो । उहाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब ६ सय जनाको सहभागिता रहेको थियो ।

त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी आयोजना गरिएको थियो । कार्यक्रममा करिब ३ सय ५० जनाको सहभागिता रहेको थियो । सुर्खेतमा भने बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ करिब ४ सय जनाको उपस्थिति रहेको थियो ।

प्रभातफेरीमा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता लगायत पूँजी बजारसँग सम्बन्धित विभिन्न क्षेत्रका सरोकारवालाहरू सहभागी भएका थिए ।

प्रभातफेरीमार्फत सर्वसाधारणमा पूँजी बजारसम्बन्धी बुझाइ विस्तार गर्नुका साथै लगानी गर्नुअघि आवश्यक सूचना तथा जानकारी हासिल गर्ने, सम्भावित जोखिम पहिचान गर्ने र सचेत तथा जिम्मेवार ढंगले लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म विभिन्न कार्यक्रमसहित मनाइँदैछ । सप्ताहका क्रममा पूँजी बजारसम्बन्धी वित्तीय साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, प्यानल डिस्कसन (Panel Discussion) लगायतका कार्यक्रम आयोजना गरिने बताइएको छ ।

विश्व लगानीकर्ता सप्ताहका कार्यक्रमले पूँजी बजारप्रति सर्वसाधारणको जानकारी र सहभागिता बढाउनुका साथै लगानीकर्तालाई सूचित, सचेत र जिम्मेवार लगानी निर्णयतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया