सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ९२ हजार ३०० मा कारोबार
- BFIS News
- 2026 Oct 07 12:06
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आजको वृद्धिसँगै सुनको मूल्य नयाँ दरमा पुगेको हो।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला २ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य प्रतितोला २ लाख ९० हजार ८ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpeg)


प्रतिक्रिया