कांग्रेस महाधिवेशनमा उम्मेदवारविरुद्ध दाबी विरोध सुरु
- BFIS News
- 2026 Oct 07 12:47
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोधको प्रक्रिया सुरु भएको छ।
निर्वाचन समितिले बुधबार बिहान प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेपछि उम्मेदवारीमाथि दाबी विरोध दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो।
निर्वाचन समितिले उम्मेदवारविरुद्ध दाबी विरोधका लागि बुधबार मध्याह्न १२ बजेसम्मको समय निर्धारण गरेको छ। प्रारम्भिक नामावलीअनुसार १९ जना निर्वाचित हुने पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।
महाधिवेशनबाट एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २५ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष गरी पाँच जना सभापतिबाट मनोनयन हुने भएकाले १९ पदाधिकारी निर्वाचित हुनेछन्।
सभापति पदमा गगन थापा, किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेको छ। महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै कांग्रेसका वर्तमान उपसभापति हुन्।
दाबी विरोधको समय सकिएपछि निर्वाचन समितिले प्राप्त दाबी विरोधमाथि आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया