NIMB Header 2
Prabhu Mahalaxmi

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने

United Ajod
  • BFIS News
  • 2026 Oct 07 16:20
दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने
IME LIFE

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

Nepal Life
NIMB

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले एटीएममार्फत १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएकाले यसपटक नयाँ नोट वितरणबारे विगतमा जस्तो प्रचारप्रसार नगरिएको पौडेलले बताए।

राष्ट्र बैंकले पछिल्ला ४–५ वर्षदेखि चाडपर्वमा नयाँ नोट बजारमा ल्याउने प्रचलन क्रमशः घटाउँदै आएको छ। भदौ ३१ गतेसम्म प्रणालीमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा चलनचल्तीमा रहेको र दसैँमा उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको पौडेलले जानकारी दिए।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया