NIMB Header 2
Prabhu Mahalaxmi

यस वर्ष दसैंमा नयाँ र सुकिला नोट सटही नहुने

United Ajod
  • BFIS News
  • 2026 Oct 06 12:38
यस वर्ष दसैंमा नयाँ र सुकिला नोट सटही नहुने
IME LIFE

काठमाडौं। नेपाल राष्ट्र बैंकले यस वर्ष बडादसैंका लागि विगतमा जस्तो नयाँ तथा सुकिला नोटको विशेष सटही नगर्ने भएको छ।

Nepal Life
NIMB

हालैको बाढीपहिरो र भारी वर्षाबाट भएको क्षतिलाई ध्यानमा राख्दै आवश्यकताका आधारमा मात्र नयाँ तथा सुकिला नोट वितरण गर्ने नीति राष्ट्र बैंकले लिएको हो।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले नियमित सटही काउन्टरबाट आवश्यकता अनुसार नयाँ तथा सुकिला नोट लिन सक्नेछन्। बैंक तथा वित्तीय संस्थामार्फत पनि ग्राहकलाई आवश्यकताअनुसार नोट उपलब्ध गराइनेछ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालका अनुसार यस वर्ष दसैंलाई लक्षित गरेर छुट्टै रूपमा नयाँ नोट सटहीको व्यवस्था गरिएको छैन। नियमित प्रक्रियाबाट आवश्यकताअनुसार नोट उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।

विगतका वर्षको कारोबार प्रवृत्तिका आधारमा यस वर्ष दसैंमा करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने राष्ट्र बैंकको अनुमान छ।

दसैंका समयमा मुख्यतः ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटको माग हुने गरेको छ। यस वर्ष पनि यिनै दरका नोटको सटही तथा वितरण आवश्यकताअनुसार हुने राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया