माछापुच्छ्रे बैंकका सीईओ कोइरालालाई बैंकले दियो १ करोड ८२ लाख पारिश्रमिक तथा सुविधा
- BFIS News
- 2026 Oct 07 12:58
काठमाडौं । बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालालाई तलब, भत्ता, सुविधा तथा कर्मचारी बोनससहित कुल १ करोड ८२ लाख रुपैयाँ उपलब्ध गराएको छ।
बैंकका अनुसार सीईओ कोइरालाले तलबबापत ७४ लाख १६ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, भत्ताबापत ७० लाख ६ हजार रुपैयाँ, अन्य सुविधाबापत ७ लाख ४२ हजार रुपैयाँ र नियमअनुसार कर्मचारी बोनसबापत ३१ लाख २८ हजार रुपैयाँ प्राप्त गरेका छन्।
बैंकले नायब प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धक तहका कर्मचारीलाई भने गत आर्थिक वर्षमा कुल २४ करोड ११ लाख रुपैयाँ पारिश्रमिक तथा सुविधा उपलब्ध गराएको जनाएको छ।
बैंकका अनुसार भत्ताअन्तर्गत कर्मचारीलाई प्रदान गरिएका सबै प्रकारका भत्ता समावेश छन्। अन्य सुविधाअन्तर्गत कर्मचारी सञ्चयकोषबापतको व्यवस्था, अनिवार्य बीमा, घर बिदाबापतको पारिश्रमिक तथा सञ्चित बिदाबापतको व्यवस्था समेटिएको छ।
त्यसैगरी, कर्मचारी विनियमावलीअनुसार कर्मचारीलाई कर्जा सापटीलगायतका अन्य सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ। बैंकको स्वीकृत नियमअनुसार कर्मचारीको दुर्घटना तथा औषधोपचार बीमाको प्रिमियमसमेत बैंकले व्यहोर्दै आएको छ।
सञ्चालकलाई पारिश्रमिक छैन
बैंकका सञ्चालकलाई नियमित पारिश्रमिकको व्यवस्था गरिएको छैन। सञ्चालक समितिको बैठकमा सहभागी भएबापत अध्यक्षलाई प्रतिमैठक २२ हजार रुपैयाँ र अन्य सञ्चालकलाई २० हजार रुपैयाँ बैठक भत्ता उपलब्ध गराउने व्यवस्था रहेको बैंकले जनाएको छ।
यसका अतिरिक्त सञ्चालकलाई पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट खर्चबापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। सञ्चालकका लागि ५० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरिएको छ भने प्रत्येक सञ्चालकका लागि १ लाख २५ हजार रुपैयाँ बराबरको औषधोपचार बीमा गरिएको छ।
बैंकको कामको सिलसिलामा भ्रमण गर्दा लाग्ने खर्च तथा दैनिक भ्रमण भत्तालगायतका सुविधा बैंकको नियमावलीअनुसार उपलब्ध गराउने व्यवस्था रहेको छ। गत आर्थिक वर्षमा सञ्चालकहरूले बैठक भत्ता तथा अन्य खर्चबापत कुल ३३ लाख २९ हजार २५० रुपैयाँ प्राप्त गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)







.jpeg)


प्रतिक्रिया