पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा
- BFIS News
- 2026 Oct 07 16:16
काठमाडौं। सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ केही व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ ।
विभाग तथा प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो ।
स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको छ । छापाका क्रममा जबराका निकटस्थ व्यक्तिहरूका घरबाट केही महत्त्वपूर्ण कागजातसमेत बरामद गरिएको बताइएको छ ।
यसअघि केही दिन मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यरातमा पक्राउ गरेको थियो । उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर पछि छाडिएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpeg)

प्रतिक्रिया