सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत लाभांश पारित, उज्ज्वल सत्याल पुनः अध्यक्ष
- BFIS News
- 2026 Oct 09 10:48
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित उक्त लाभांश पारित गरेको हो।
पारित लाभांशअनुसार शेयरधनीले ६.५२ प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन्। बैंकले नगद लाभांशबापत २४ करोड ३७ लाख रुपैयाँ र बोनस शेयरबापत १४ करोड ९४ लाख रुपैयाँ वितरण गर्नेछ।
बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुग्नेछ। साधारणसभाले बैंकको सञ्चालक समितिमा चार वर्षे कार्यकालका लागि ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ। नवनिर्वाचित सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशील काजी बनियाँ र श्यामकुमार शर्मा चयन भएका छन्। त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल निर्वाचित भएका छन्।
नवनिर्वाचित सञ्चालक समितिको बैठकले उज्ज्वल सत्याललाई पुनः अध्यक्षमा चयन गरेको छ। सत्याल र बनियाँ यसअघिको सञ्चालक समितिमा पनि थिए भने अन्य चार जना नयाँ सदस्य हुन्।
लाभांश पारित, बोनस शेयर वितरणबाट चुक्ता पुँजी वृद्धि र नयाँ सञ्चालक समितिको चयनसँगै बैंकको आगामी चार वर्षे नेतृत्व संरचना तय भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया