NIMB Header 2
Prabhu Mahalaxmi

नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड नाघ्यो

United Ajod
  • BFIS News
  • 2026 Oct 09 15:39
नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड नाघ्यो
IME LIFE

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले बढेको बजारले शुक्रबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

Nepal Life
NIMB

शुक्रबार सेन्सेटिभ इण्डेक्स ३.८० अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले वृद्धि भएको छ।

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३५३ वटा स्टकको ५२ हजार ४४ पटकको कारोबारबाट ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कुथेली बुखरीको शेयरमूल्य सर्वाधिक बढ्यो

शुक्रबार कारोबारमा आएका शेयरमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.९१ प्रतिशतले बढेको छ। अघिल्लो दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयरमूल्यमा शुक्रबार पनि वृद्धि कायम रहेको हो।

त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ। अर्कोतर्फ, रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ।

कारोबारमा कुमारी बैंक अगाडि

कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिष्टिलरीको करिब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

सबै उपसमूह हरियालीमा

शुक्रबार नेप्सेमा कारोबार भएका सबै १३ उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशतले बढेको छ। बाँकी उपसमूहका परिसूचकमा भने सामान्य वृद्धि देखिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया