सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन, दोस्रो बजारबाट खरिद गरिएका सेयरमा पूर्वसूचना दिनुपर्ने व्यवस्था हट्यो
- BFIS News
- 2026 Oct 09 20:59
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार दोस्रो बजारबाट खरिद गरिएका सेयर बिक्री गर्दा आधारभूत सेयरधनीसम्बन्धी पूर्वसूचना दिनुपर्ने नियम हटाइएको छ।
बोर्डले यसअघि २०८३ भदौ ९ गते जारी गरेको निर्देशनलाई संशोधन गर्दै सर्वसाधारणमा सेयर निष्कासन गर्दाका बखत कायम रहेका आधारभूत सेयरधनीले लकइन अवधि समाप्त भएपछि आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा पाँच कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ।
यसअघि कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा १५ दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था थियो। संशोधित निर्देशनले सेयर बिक्रीको सीमा ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ भने पूर्वसूचना दिनुपर्ने अवधि १५ दिनबाट घटाएर पाँच कारोबार दिन कायम गरेको छ।
नयाँ व्यवस्थाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का समयमा कायम रहेका आधारभूत सेयरधनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको लकइन अवधि समाप्त भएपछि निर्धारित सीमाभन्दा बढी सेयर बिक्री गर्नुअघि सूचना दिनुपर्नेछ। सम्बन्धित कम्पनीले यस्तो सूचना प्राप्त गरेपछि यथाशीघ्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ। बिक्री गर्ने आशयसम्बन्धी सूचनाको वैधता भने तीन महिना कायम रहनेछ।
त्यस्तै, बिक्रीको आशय सार्वजनिक गरिसकेका सेयरधनीले घोषणा गरेको सबै सेयर बिक्री नगरेको वा आंशिक रूपमा मात्रै बिक्री गरेको अवस्थामा पुनः सोही कम्पनीको सेयर खरिद गरेमा त्यसको विवरण पनि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
संशोधित निर्देशनअनुसार यस्तो खरिद कारोबार सम्पन्न भएपछि सेयरधनीले खरिद गरेको सेयरको मूल्य र परिमाणसहितको विवरण सम्बन्धित सूचीकृत कम्पनीलाई यथाशीघ्र जानकारी गराउनुपर्नेछ। कम्पनीले प्राप्त विवरण नेप्सेमार्फत सार्वजनिक गर्नुपर्नेछ।
बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने तथा धितोपत्र बजार र व्यवसायीको नियमन तथा अनुगमन गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) बमोजिम निर्देशन संशोधन गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)









प्रतिक्रिया