Nepal Life

नेपाल माइक्रोले एक सातामै खोल्यो चार नयाँ शाखा, प्रमुख सहरहरु हेटौडा, विरगंज, इटहरी र बनेपाबाट सेवा दिदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 09:55
नेपाल माइक्रोले एक सातामै खोल्यो चार नयाँ शाखा, प्रमुख सहरहरु हेटौडा, विरगंज, इटहरी र बनेपाबाट सेवा दिदै
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एक सातामा चार वटा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले हेटौडा, विरगंज, हटहरी र बनेपामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

NIMB

नेपाल बीमा प्राधिकरणबाट लघु जीवन निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति पाएको कम्पनीले नेपालका प्रमुख सहरहरुमा आफ्नो सेवा विस्तार गरिरहेकव छ । चितवनमा प्रधान कार्यालय रहेको कम्पनीले देशका जुनसुकै स्थानमा लघु निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्न पाउछ ।

कम्पनीले सोमबार एकै दिन विरगञ्ज र हेटौडामा शाखा कार्यालय उद्घाटन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले जनाएका छन् ।

कम्पनीले मधेश प्रदेश अन्तर्गतको पहिलो शाखा कार्यालय पर्सा जिल्लामा वीरगंज शाखा कार्यालय विस्तार गरेको हो । कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने नाराका साथ आफ्नो व्यवसाय विस्तार गरिरहेको छ ।

कम्पनीले सीमान्तकृत वर्ग, कर्मचारी तथा मजदूरहरुलाई केन्द्रित गर्दै निर्जीवन लघु बीमाको सेवा दिदै आएको छ । कम्पनीले आफ्नो सेवालाई सहजिकरण गर्न आवस्यकताका आधारमा शाखा कार्यालय विस्तार गर्दै लैजाने लक्ष्य लिएको छ ।

नेपाल बीमा प्राधिकरणले एकदमै न्युन आय वर्गका मानिसहरुलाई बीमाको दायरामा समेट्ने उद्देश्यका साथ लघु बीमा कम्पनीको अवधारणा ल्याएको हो । एकदमै न्युन आय भएका वर्ग जसको सानो सम्पत्ती पनि ठुलो सम्पत्तीको रुपमा रहेको हुन्छ । उक्त सम्पत्ती गुमाउदा जीवन चलाउनै अहसज हुने अवस्था नआओस र सबैलाई बीमाको दायरामा समेट्न सकियोस् भन्ने लक्ष्य लिइएको छ । यहि लक्ष्य अनुसार कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेको छ ।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया