Nepal Life

निफ्राले गर्यो साधारण निक्षेपको व्याजदर भन्दा पनि कम लाभांशको घोषणा, ४.२१ प्रतिशत नगदमै सिमित

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 10:05
निफ्राले गर्यो साधारण निक्षेपको व्याजदर भन्दा पनि कम लाभांशको घोषणा, ४.२१ प्रतिशत नगदमै सिमित
Sanima Reliance

काठमाडौं । निफ्राले साधारण निक्षेपको व्याजदर भन्दा पनि कम लाभांश घोषणा गरेको छ । बैंकले चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

NIMB

बैंकको कार्तिक २० गते सोमबार बेलुबा ५ बजेदेखि ७ बजेसम्म बसेको सञ्चालक मसितिको १३४ औं बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट ४.२१०५ प्रतिशत अर्थात ९० करोड ९४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रहेको छ । आफ्नो पूँजी बराबर पनि लगानी गर्न नसकेको बैंकको आम्दानी उक्त रकम बाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा गर्दाको जति पनि छैन ।

पूँजीबाट मात्रै लगानी गर्ने रणनीतिले गर्दा बैंकको प्रतिफल एकदमै कमजोर छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया