बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश दिने, कात्तिक २० मा साधारण सभा
- BFIS News
- 2026 Oct 13 10:38
काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले लाभांश पारित गर्न कात्तिक २० गते बिहान ९:३० बजे काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा २३औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयरको मूल्य ५ करोड ३३ लाख रुपैयाँ र नगद लाभांश २८ लाख ३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने प्रस्ताव
साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ।
यसैबीच, सञ्चालक समितिले सेयरधनीलाई १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत अघि सारेको छ। उक्त प्रस्ताव कार्यान्वयनका लागि सम्बन्धित प्रक्रिया तथा आवश्यक स्वीकृति पूरा गर्नुपर्नेछ।
कात्तिक ११ गते बुक क्लोज
कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर खरिद गरी कायम रहेका सेयरधनी लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। बरुण हाइड्रोपावरको सेयर अन्तिम कारोबार मूल्य (एलटीपी) प्रतिकित्ता ३१८ रुपैयाँ १० पैसा रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया