NIMB Header 2
Prabhu Mahalaxmi

सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्विटर वितरण

United Ajod
  • BFIS News
  • 2026 Oct 13 13:53
सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्विटर वितरण
IME LIFE

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको छ।

Nepal Life
NIMB

ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोयाममा न्यानो राख्ने र नियमित विद्यालय उपस्थितिमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले स्विटर वितरण गरेको हो। बैंकको जुम्ला शाखामार्फत विद्यार्थीलाई स्विटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले शिक्षा क्षेत्रसहित अन्य सामाजिक क्षेत्रमा पनि सहयोगका कार्यक्रम सञ्चालन गर्दै स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्ने जनाएको छ। यस्ता कार्यक्रममार्फत ग्रामीण तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउने बैंकको योजना छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखामार्फत २० लाख ७० हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका १६७ एटीएम, तीनवटा एक्सटेन्सन काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइसमेत सञ्चालनमा छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया