गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्ने
- BFIS News
- 2026 Oct 13 14:11
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ। असोज २६ गते पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न साधारण सभाले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
साधारण सभाले बैंकको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।
गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा र ५१ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले शाखा सञ्जालसँगै डिजिटल माध्यमबाट समेत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया