NIMB Header 2
Prabhu Mahalaxmi

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष नियुक्त

United Ajod
  • BFIS News
  • 2026 Oct 14 22:00
माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष नियुक्त
IME LIFE

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८, २०८३ मा पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। दुवै लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

Nepal Life
NIMB

सभाले संस्थापक शेयरधनी समूहबाट रोशन केसी, मुकुन्द महत र कृति महतोलाई सञ्चालकमा निर्वाचित गरेको छ। त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट विश्वप्रकाश गौतम सञ्चालकमा निर्वाचित भएका छन्। साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप चार वर्षका लागि अध्यक्षमा पुनः नियुक्त गरेको छ।

बोनस शेयर वितरणपछि बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। प्राथमिकता शेयरसमेत समावेश गर्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ कायम हुनेछ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। उक्त अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ १७ पैसा रहेको थियो। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया