सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ
- BFIS News
- 2026 Oct 15 12:10
काठमाडौं, असोज २९। नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको थियो।
पछिल्ला दिनमा सुन र चाँदी दुवैको मूल्यमा निरन्तर गिरावट देखिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया