Siddartha Bank
Prabhu Mahalaxmi

एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामा, होमबहादुर श्रेष्ठलाई निमित्तको जिम्मेवारी

United Ajod
  • BFIS News
  • 2026 Oct 26 11:13
एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामा, होमबहादुर श्रेष्ठलाई निमित्तको जिम्मेवारी
Sanima Reliance Life Insurance Company

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै कार्तिक १० गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ।

Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको कात्तिक ८ गते बसेको २२३औँ बैठकले दिनेशलाल श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुनेछ।

त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ। उनको जिम्मेवारी पनि कात्तिक १० गतेदेखि लागू हुनेछ।

दिनेशलाल श्रेष्ठ २०७७ माघदेखि एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनको राजीनामासँगै कम्पनीको नेतृत्वमा परिवर्तन हुन लागेको हो।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया