एनपिएलमा लुम्बिनी लायन्सको सानदार सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित
- BFIS News
- 2026 Oct 26 20:54
काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुआत गरेको छ। शेर मल्ल र किशोर महतोको घातक बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको प्रभावशाली जित निकालेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै सहज जित हासिल गर्यो। ओपनर डार्सी सर्ट र आसिफ शेखले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेपछि लुम्बिनी जितनजिक पुगेको थियो।
सर्टले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४० रन बनाए। उनी अनिल खरेलको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भए। अर्का ओपनर आसिफले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रन जोडे। उनी पनि खरेलको बलमा कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए।
त्यसपछि निरोशन डिकवेल्ला १० बलमा ७ रन बनाएर दीपेन्द्रको बलमा बोल्ड भए। तर, कप्तान रोहितकुमार पौडेल र शमीम हुसेनले अविजित रहँदै लुम्बिनीलाई जित दिलाए। रोहितले ३ बलमा ५ रन बनाए भने शमीमले ३ बलमा १ रन जोडे।
सुदूरपश्चिमका अनिल खरेलले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए। कप्तान दीपेन्द्रले ३.५ ओभरमा ३१ रन दिएर १ विकेट हात पारे। स्कट कुगेलेइनले २ ओभरमा ३० रन खर्चिए भने हेमन्त धामीले १ ओभरमा ५ र ब्रान्डन म्याकमुलनले १ ओभरमा ११ रन दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु टिक्न नसक्दा १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। किशोर महतोले ४ विकेट र शेर मल्लले ३ विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ धराशायी बनेको थियो। उनीहरूको उत्कृष्ट बलिङले लुम्बिनीलाई सानो लक्ष्य पछ्याउने अवसर दिएको थियो।
अघिल्लो संस्करणको एनपिएल फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै आफ्नो बलियो प्रदर्शन दोहोर्याएको छ।
बलिङमा विपक्षीलाई सस्तैमा समेटेपछि ब्याटिङमा आक्रामक सुरुआत गरेको लुम्बिनीले प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)









प्रतिक्रिया