Nepal Life

सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 20:53
सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त
National Life

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । उनलाई हाललाई सीबीफीनको कार्यालय प्रमुखको समेत जिम्मेवारी दिइएको छ । 

Shikhar
NIMB

नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका कोइरालाले वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकसम्मको पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । व्यापार प्रशासनमा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेका कोइरालाले रणनीतिक मानवीय पूँजी व्यवस्थापन, व्यवस्थापन विकास, व्यवस्थापकिय नेतृत्व विकास तथा अध्यापन, तालिम र पेशागत विकास जस्ता क्षेत्रहरूमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट विशिष्ट तालिमसमेत प्राप्त गरेका छन् । 

कर्पोरेट, एसएमई, खुद्रा ऋण, निक्षेप मार्केटिङ, विदेशी व्यापार, जनशक्ति व्यवस्थापन, बैंकिङ क्षेत्रको रणनीतिक विकास, वित्तीय जोखिम न्यूनीकरण, बजारको गतिशीलता, वित्तीय स्थायित्व, दिगो विकास, समष्टीगत अर्थतन्त्रको हित जस्ता क्षेत्रमा कोइरालाको गहिरो ज्ञान र अनुभव छ । 

सीबीफीनले बैंकिङ क्षेत्रका समग्र लगानीकर्ता तथा निक्षपकर्ताको हितको संरक्षण गर्दै वित्तीय क्षेत्रको सुदृढता र स्थायित्व, उत्पादकत्व तथा रोजगार अभिवृद्धि, नवप्रवर्तन तथा स्वउद्यमशिलताको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आर्थिक एवं बैंकिङ क्षेत्रका महत्त्वपूर्ण विषयवस्तुमाथि अध्ययन–अनुसन्धान गर्दै सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणमासरकार, सम्बन्धित नियामक निकाय र राष्ट्रिय एवं अन्तरराष्ट्रिय संघ/संस्थाहरूसँग निरन्तर सहकार्य गरी सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ । सीबीफीनले कोइरालाको नियुक्तिबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया