Siddartha Bank
Prabhu Mahalaxmi

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रमुख

United Ajod
  • BFIS News
  • 2026 Oct 28 19:28
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो शाखा प्रमुख
Sanima Reliance Life Insurance Company

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा तथा उपशाखाका लागि शाखा प्रमुख माग गरेको छ। कम्पनीले विराटनगर, वीरगञ्जको आदर्शनगर र वालिङ शाखाका लागि कर्मचारी माग गरेको हो।

Nepal Life
NIMB

कम्पनीका अनुसार शाखा प्रमुख पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक बायोडाटा र आवरण पत्रसहित आवश्यक कागजात पेस गर्नुपर्नेछ। आवेदन दिँदा इमेलको विषयमा ‘शाखा प्रबन्धकको लागि आवेदन’ उल्लेख गरी कम्पनीको भ्याकेन्सी पोर्टल मार्फत आवेदन पठाउनुपर्नेछ।

कम्पनीले आवेदन पेस गर्ने अन्तिम मिति २०८३ कार्तिक २० गते तोकेको छ। आवेदनसँगै अनुभवपत्र, नागरिकता तथा शैक्षिक प्रमाणपत्रका प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ।

यस सम्बन्धमा थप जानकारीका लागि कम्पनीको वेबसाइट www.pmlil.com वा टोल फ्री नम्बर १६६०० १०११०१ मा सम्पर्क गर्न सकिनेछ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया