Nepal Life

पब्लिक कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान, कामु सीईओको जिम्मेवारी महेश रिमाललाई

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 21:04
पब्लिक कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान, कामु सीईओको जिम्मेवारी महेश रिमाललाई
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाममा संस्थान कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीकोे रूपमा दर्ता भएको हो । 

NIMB

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति प्रदान गरेको थियो । हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीमा जान मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो । लामो समयदेखि पूँजी वृद्धिका लागि संस्थानले पब्लिक लिमिटेड कम्पनीमा परिणत हुन चाहिरहेको अवस्थामा सरकारी पूर्ण स्वामित्वका कारण प्रक्रिया लम्बिएको थियो । संस्थानले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजी र १८ करोड १० लाख चुक्ता पूँजी संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । 

बीमा कम्पनीहरूमा यतिबेला पूँजी वृद्धिको दबाब जारी छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्न दबाब दिइरहेको अवस्थामा पब्लिक लिमिटेडमा परिणत भइसकेको संस्थानलाई समेत पूँजीको दबाब कायमै रहनेछ । 

अब राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ जारी गरी १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना अघि सारेको छ । सर्वसाधारणमा आईपीओ जारी गर्न कम्पनीलाई केही समय लाग्ने देखिन्छ । कम्पनीको आईपीओका लागि सेवा निवृत्त कर्मचारीहरूले पनि दाबी गरेको अवस्थामा विवाद बढ्ने सम्भावना रहेकाले आईपीओ निष्कासन प्रक्रिया लम्बिने आशंका कम्पनीले गरेको हो । पब्लिक कम्पनीको प्रक्रिया पूरा गरिसकेको अवस्थामा अब सर्वसाधारणमा आईपीओ निष्कासन प्रक्रियाका लागि आवश्यक कामलाई निरन्तरता दिने जानकारी कम्पनीले दिएको छ ।

पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी महेश रिमाललाई दिइएको छ । रिमाल यसअघि संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए । संस्थानको प्रशासकका रूपमा कविराज पाठकले जिम्मेवारी सम्हालेका थिए । संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्दासम्म पाठकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त भएसँगै प्रशासक पाठक भने बाहिरिएको जानकारी कम्पनीले दिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया