Nepal Life

संकटमा बैंक तथा बीमा कम्पनीको उदारता, करोडौं रुपैयाँ सहयोग गरेर बने सरकारको सारथी

National Life
  • BFIS News
  • 2023 Nov Tue 22:39
संकटमा बैंक तथा बीमा कम्पनीको उदारता, करोडौं रुपैयाँ सहयोग गरेर बने सरकारको सारथी
RBB

काठमाडौं । बैंक बीमा कम्पनीहरुले करोडौ अर्बौ रुपैयाँ मुनाफा आर्जन गरे भन्दै बदनाम हुने गर्छ । तर यस्ता बैंक बीमा कम्पनीहरुले मुनाफा मात्रै आर्जन गर्दैनन्, देशमा संकट आउदा करोडौ रुपैयाँ सहयोग गरेर उदारता पनि देखाउने गर्छन् ।

NIMB

चाहे त्यो २०७२ सालको महाभुकम्प होस् या त कोभिड १९ को समयमा नै किन नहोस् उनिहरुले सरकारलाई ठुलो आर्थिक सहयोग गरेर उदाहरणीय काम गरेका छन् । अहिले पनि देश संकटको घडीमा छ । कार्तिक १७ गते जाजगरकोटमा केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा सयौले ज्यान गुमाए भने अर्बौ रुपैयाँको आर्थिक क्षति भएको छ ।

आजसम्ममा धेरै वटा बैंक तथा बीमा कम्पनीहरुले आर्थिक सहयोग गर्ने घोषणा गर्नुका साथै रकम हस्तान्तरण गरिसकेका छन् । आज मात्रै आइएमई ग्रुपले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । यस ग्रुपबाट ग्लोबल आइएमई, आइएमई लाइफ, आइजिआइ प्रुडेन्सियल लगायत धेरै वटा वित्तीय संस्थाहरु सञ्चालित छन् । ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका छन् ।

आजै राष्ट्रिय बाणिज्य बैंकले एक करोड रुपैयाँ बुझाइसकेको छ । त्यस्तै एनआइसी एशिया बैंकले ५१ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । नविल बैंकले एक करोड बराबरको राहात सामाग्री नै वितरण गर्यो । एनएमबी बैंकले ५० लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

बैंकहरुका अध्यक्षहरुको संस्था सिविफिनले समेत १० लाख रुपैयाँ आर्थिक सहयोग गर्दै भुकम्प प्रभावित क्षेत्रमा रहेका बैंकहरुका शाखा कार्यालयलाई समेत आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध समेत गरेको छ । आजै सुर्य नेपाल प्रालिले समेत एक करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।

सिटिजन बैंकले २५ लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ लाख रुपैयाँ, आइएमई लाइफको १० लाख, सानिमा बैंकको २५ लाख सहयोग गरेको छ । बीमा कम्पनीहरुले पनि आर्थिक सहयोग गर्ने तयारीमा छन् ।

कोभिड १९ को समयमा सरकारले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने पैसालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न निर्देशन दिइएको थियो । यसले गर्दा बैंक बीमा कम्पनीहरुले करोडौ रुपैयाँ कोषमा जम्मा गरिदिएका थिए ।

देशमा प्राकृतिक प्रकोप तथा विभिन्न किसिमका घटना घट्दा सरकारले अर्बौ रुपैयाँको राहात सहयोग उपलब्ध गराउदै आएको छ । प्रकोपका समयमा हुने मानविय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै सरकारले अर्बौ रुपैयाँ खर्च गर्नु पर्छ । तर सरकार सँग तत्काल सहयोग गर्ने रकम हुँदैन । यस्तो समयमा बैंक बीमा कम्पनीहरु नै आर्थिक सहयोग गर्न सक्षम मानिन्छन् ।

यदि सरकारले बैंक बीमा कम्पनीहरुलाई हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने रकमको निश्चित प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गर्ने हो भने परेको समयमा सरकारले सहजै सहयोग पुर्याउन सक्नेछ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया