Siddartha Bank
Prabhu Mahalaxmi

सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 05 12:37
सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता
United Ajod

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिले २३ जना बचतकर्ताको पूर्ण र ९९ जनाको आंशिक बचत रकम फिर्ता गरेको हो।

Siddartha Bank
EBL
Nepal Life

समितिले सार्वजनिक गरेको विवरणअनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताले पूर्ण बचत रकम फिर्ता पाएका छन्।

त्यस्तै, कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ।

सरकारका अनुसार बचतकर्तालाई फिर्ता गरिएको रकम सम्बन्धित समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली गरी प्राप्त भएको हो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको समितिले स्पष्ट पारेको छ।

समितिले बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त हुने रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाबमोजिम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन गरिने समितिको भनाइ छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार