पेशागत बीमा अभिकर्ता संघले प्राधिकरणका अध्यक्ष थापालाई दियो शुभकामना, अभिकर्ताका मुद्दामा छलफल गर्ने प्रतिबद्धता
- BFIS News
- 2026 Nov 06 11:28
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
संघका अध्यक्ष ओमबहादुर खत्री, वरिष्ठ उपाध्यक्ष दीपक अर्याल, महासचिव कल्याण विक्रम पाडे, सचिवद्वय सीता दाहाल र अम्बिका गौतम तथा सल्लाहकार केपी अधिकारीसहितको टोलीले नवनियुक्त अध्यक्ष थापासँग भेट गरी शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको पनि उपस्थिति रहेको थियो।
भेटका क्रममा संघका अध्यक्ष खत्री र महासचिव पाडेले थापालाई सफल कार्यकालको शुभकामना दिँदै बीमा अभिकर्तासँग सम्बन्धित विभिन्न मुद्दा र मागका विषयमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले अभिकर्ताका पेशागत समस्या तथा मागलाई सम्बोधन गर्न प्राधिकरणसँग सहकार्य र संवाद आवश्यक रहेको धारणा राखेका थिए।
जवाफमा अध्यक्ष थापाले नेपालीहरूको महान् चाड शुभदीपावलीको शुभकामना व्यक्त गर्दै तिहार बिदापछि संघका प्रतिनिधिसँग पुनः भेटघाट गर्ने प्रतिबद्धता जनाएका छन्। उनले समय व्यवस्थापन गरी अभिकर्तासँग सम्बन्धित विषयमा छलफल गर्ने र बीमा क्षेत्रको विकासका लागि सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।
सरकारले केही दिनअघि थापालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनले बुधबार अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए।
नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेको अनुभव भएका थापा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनका जानकार मानिन्छन्। उनी यसअघि नेपाल राष्ट्र बैंकको कर्पोरेट योजना तथा जोखिम व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया