सर्वोत्तम सिमेन्टको नाफा ६७.९५ प्रतिशतले घट्यो, ईपीएस ७.९६ रुपैयाँमा सीमित
- BFIS News
- 2026 Nov 06 15:10
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६७.९५ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ४२ लाख ८१ हजार रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने ११.५७ प्रतिशतले बढेर २ अर्ब २० करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ थियो। त्यसैगरी, अन्य आम्दानी २०.०५ प्रतिशतले वृद्धि भएर ६ करोड ५४ लाख रुपैयाँ पुगेको छ।
आम्दानीमा वृद्धि हुनुका साथै कम्पनीको कुल खर्चसमेत १६.३७ प्रतिशतले घटेर २२ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च २७ करोड २ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेको अवस्थामा पनि कम्पनीको खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि ठूलो संकुचन देखिएको छ। वार्षिकीकरण गरिएको ईपीएस ६९.४७ प्रतिशतले घटेर ७ रुपैयाँ ९६ पैसामा झरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो ईपीएस २६ रुपैयाँ ७ पैसा थियो।
यद्यपि, कम्पनीको प्रतिसेयर नेटवर्थ भने ६.५६ प्रतिशतले बढेर २०० रुपैयाँ ३४ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नेटवर्थ १८८ रुपैयाँ १ पैसा थियो।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा चुक्ता पुँजी ५ प्रतिशतले बढेको हो। त्यसैगरी, अन्य इक्विटी २१.३५ प्रतिशतले वृद्धि भएर ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको पुनर्मूल्यांकन जगेडा कोष ३३ करोड ६८ लाख रुपैयाँमा स्थिर रहेको छ भने लगानी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ रहेको छ। यसैगरी, सम्पत्ति, प्लान्ट तथा उपकरणमा कम्पनीको लगानी ७.३९ प्रतिशतले बढेर ९ अर्ब ९ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, व्यापारिक प्राप्य रकम (ट्रेड रिसिभेबल) ८.४० प्रतिशतले वृद्धि भएर ३ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब ४७ करोड ४० लाख रुपैयाँ थियो।
पहिलो त्रैमासको अन्त्यमा कम्पनीको प्रतिसेयर बजार मूल्य ८१० रुपैयाँ कायम रहेको थियो। उक्त मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०१.७८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)







प्रतिक्रिया