Nepal Life

बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप संकलन, सीडी रेसियो भने ८१.५३ प्रतिशतमा झर्यो

National Life
  • BFIS News
  • 2023 Nov Wed 08:42
बैंकिङ प्रणालीमा ५९ खर्ब निक्षेप संकलन, सीडी रेसियो भने ८१.५३ प्रतिशतमा झर्यो
RBB

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५९ खर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको नोभेम्बर ४ सम्म ५८ खर्ब ९६ अर्ब थियो ।

NIMB

वाणिज्य बैंकहरुसँग मात्रै ५२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ ।

आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुले ५ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सोही दिनको तथ्यांक अनुसार सीडी रेसियो भने ८१.५३ प्रतिशत रहेको छ । शनिबार ८१.५४% थियो । निक्षेप संकलन बढ्दै जाने हो भने ब्याजदर पनि घट्ने जानकारहरु बताउँछन् ।

अहिले वाणिज्य बैंकहरुको औसत ब्याजदर १०.०९ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकहरुले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन र ८४ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएका छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया