Siddartha Bank
Prabhu Mahalaxmi

राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, व्यक्तिगततर्फ राजबहादुर शाह

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 17 15:58
राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, व्यक्तिगततर्फ राजबहादुर शाह
United Ajod

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न १९ विधामा सबैभन्दा बढी आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने करदातालाई सम्मान गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

Siddartha Bank
EBL
Nepal Life

सरकारले अर्थतन्त्रमा योगदान पुर्‍याउँदै नियमित रूपमा कर दायित्व पूरा गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न क्षेत्रका उत्कृष्ट करदाता छनोट गरी सम्मान गरेको हो। यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्।

कर्पोरेट क्षेत्रतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि छनोट भएको छ। एकल स्वामित्वका फर्ममध्ये थर्ड आई इन्टरनेसनल उत्कृष्ट करदाता बनेको छ। वस्तु निर्यात व्यवसायमध्ये डाबर नेपाल प्रालि र सूचना प्रविधि सेवा निर्याततर्फ इन्फिनाइट सफ्टवेयर सर्भिसेज नेपालले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेका छन्।

कृषि तथा पशुपन्छी उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल उत्कृष्ट करदाता घोषित भएका छन्। पर्यटन व्यवसायमा सोल्टी होटल लिमिटेड र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाता बनेका छन्।

त्यस्तै, वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढीदेखि १ अर्ब रुपैयाँसम्म भएका करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि उत्कृष्ट बनेको छ। ऊर्जा आधारित उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाएका छन्।

भ्याटतर्फ २०७७ साउनदेखि २०८३ असार मसान्तसम्म नियमित रूपमा विवरण बुझाई समयमै कर दाखिला गर्ने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट घोषित भएको छ। वार्षिक कारोबार ५० करोड रुपैयाँसम्म भएका करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेजेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेका छन्।

बीमा तथा लघुवित्त क्षेत्रमा पनि उत्कृष्ट करदाता छनोट गरिएको छ। जीवन बीमा क्षेत्रबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमा क्षेत्रबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेका छन्।

सरकारले विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेर कर प्रणालीप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै नियमित कर भुक्तानी, कर अनुपालन र आर्थिक गतिविधिमा निजी क्षेत्रको योगदानलाई प्रोत्साहन गर्न खोजेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया