Nepal Life

नाडेप लघुवित्तको नाफा ९५ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा ६.५६ प्रतिशत पुग्यो

NMB Bank
  • BFIS News
  • 2023 Nov 08 08:56
नाडेप लघुवित्तको नाफा ९५ प्रतिशतले घट्यो, निष्क्रिय कर्जा ६.५६ प्रतिशत पुग्यो
National Life

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको मुनाफा ९५.८४ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिसम्ममा लघुवित्तले १ करोड २२ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

Shikhar
NIMB

लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेपछि खुद नाफा उल्लेख्य घटेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.२८ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १६.५७ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी २०.०३ प्रतिशत र सञ्चालन मुनाफा ९९.३२ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९७ प्रतिशतबाट बढेर ६.५६ प्रतिशत पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ८ पैसाबाट घटेर ४२ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १ हजार १९२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ ५५ पैसा रहेको छ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४० करोड ५८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ५.५६ प्रतिशत घटेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब १५ करोड ३२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब २४ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया