Siddartha Bank
Prabhu Mahalaxmi

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फको उपाधि दीपक कुमार कार्कीलाई

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 22 11:15
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फको उपाधि दीपक कुमार कार्कीलाई
United Ajod

काठमाडौं, मंसिर ५ । लक्ष्मी सनराइज बैंकको प्रायोजनमा गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्।

Siddartha Bank
EBL
Nepal Life

१४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्। दुई ह्यान्डिक्यापमा प्रतिस्पर्धा गरेका टासी डोङ ४० अंकसहित उपविजेता बने।

प्रतियोगितामा नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जन ३४ अंकसहित विजेता बनिन् भने ३३ अंक जोडेकी बिपना श्रेष्ठ उपविजेता भइन्।

त्यसैगरी, ६० वर्षमाथिको सिनियर विधामा प्रकाश एसजेबी राणा ३४ अंकसहित विजेता बने। पूर्णमान शाक्यले ३३ अंक जोड्दै दोस्रो स्थान हासिल गरे।

अन्य विधातर्फ विजय श्रेष्ठ इनहाउसले लङ्गेस्ट ड्राइभ, रोबिन राणाले क्लोजेस्ट टु द पिन र टासी डोङले ६ बर्डीसहित मोस्ट बर्डीजको पुरस्कार प्राप्त गरे। लक्ष्मी सनराइज बैंकको रङ झल्किने पहिरन लगाएका विजय बहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले एलिगेन्ट गल्फरको पुरस्कार जिते।

तीन चौथाइ (३/४) ह्यान्डिक्यापमा स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा ११ महिलासहित कुल ११२ गल्फर सहभागी थिए।

प्रतियोगिताका विजेतालाई लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, प्रमुख कार्यकारी अधिकृत सुमेध भट्टराई र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार