सपोर्ट लघुवित्तको लाभांश घोषणा, १३ प्रतिशत बोनस शेयर दिने
- BFIS News
- 2023 Nov Wed 10:29
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको कार्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश सहित कुल १३.६८२४२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
हाल संस्थाको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर एक करोड २३ लाख रुपैयाँ वितरण पछि चुक्ता पूँजी १० करोड ७५ लाख पुग्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै संस्थाले साधारणसभा आह्वान गर्न सक्नेछ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।
संस्थाले विगत चारवर्षदेखि लगातार लाभांश वितरण गर्दै आइरहेको छ । गएको वर्ष ११ प्रतिशत दिएकोमा त्यस भन्दा अगाडी क्रमश ३० प्रतिशत र १० प्रतिशत वितरण गरिसकेको छ ।
प्रतिक्रिया