नबिल ग्रोथ फण्डको इकाई आजदेखि बिक्री खुला, सर्वसाधारणले १ करोडसम्म आवेदन दिन पाउने
- BFIS News
- 2026 Nov 25 10:57
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सञ्चालनमा ल्याउन लागेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘नबिल ग्रोथ फण्ड’ को इकाई आज मंसिर ९ गतेदेखि बिक्री खुला भएको छ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। उक्त इकाईमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २३ गतेसम्म थप गर्न सकिनेछ।
कुल निष्कासन हुने १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई योजना व्यवस्थापक नबिल बैंक लिमिटेडका लागि छुट्याइएको छ। त्यस्तै, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना प्रवर्द्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका लागि छुट्याइएको छ।
बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिनेछ। यसको कुल मूल्य ८५ करोड रुपैयाँ रहेको छ।
‘नबिल ग्रोथ फण्ड’ बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो। यस योजनामा लगानी गर्न इच्छुक आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)




.jpeg)





प्रतिक्रिया