Nepal Life

शिखर इन्स्योरेन्सको १९ ‌औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज शाखाबाट ४५ जनाले गरे रक्तदान

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 12:33
शिखर इन्स्योरेन्सको १९ ‌औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज शाखाबाट ४५ जनाले गरे रक्तदान
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा आज वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा आयोजना भएको उक्त कार्यक्रममा बीमा प्राधिकरणका प्रतिनिधि, कम्पनीका कर्मचारी, निप्सका पदाधिकारी लगायत ४५ जना भन्दा धेरैले रक्तदान गरेका छन् । कार्यक्रमको संयोजन शाखा प्रमुख नितेश कुमार दासले गरेका हुन् । कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको उनले जानकारी दिए ।  

 

NIMB

वार्षिकोत्सवको अवसरमा कम्पनीले देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्तिक २१ गतेदेखि सुरु भएको यस्तो कार्यक्रम भोलि कार्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

हिजो बागमती प्रदेश अन्तर्गत उपत्यका भन्दा बाहिरका शाखा कार्यालयहरु नौबिसे र चनौलीमा, गण्डकी प्रदेश बाट कावासोतीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै कोशी प्रदेशबाट विराटनगर, इटहरी र विर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आज कार्तिक २२ गते सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीमा, लुम्बिनी प्रदेशबाट दाङ र बुटवलमा, गण्डकी प्रदेश बाट पोखरामा, बागमती प्रदेश उपत्यका बाहिरबाट धादिङ, टाँडी, हेटौडा र नैबिसेमामा गरिरहेको छ । उपत्यका भित्रबाट भक्तपुर र गोंगबुमा गरेको छ ।

भोलि कार्तिक २३ गते कर्णाली प्रदेशबाट सुर्खेतमा, बागमती प्रदेश उपत्यका बाहिरबाट नारायणगढ़ र नुवाकोटमा, उपत्यका भित्रबाट केन्द्रिय कार्यालय थापाथली र लुभुमा, मदेश प्रदेशबाट लहान लगायतका स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया