सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
- BFIS News
- 2026 Nov 26 10:54
काठमाडौं, १० मंसिर । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला सुन २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया