Nepal Life

सगरमाथा लुम्बिनीले गर्यो सर्वाधिक धेरै बीमा शुल्क आर्जन, १२.६१ प्रतिशत बजार हिस्सा ओगट्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 16:45
सगरमाथा लुम्बिनीले गर्यो सर्वाधिक धेरै बीमा शुल्क आर्जन, १२.६१ प्रतिशत बजार हिस्सा ओगट्न सफल
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको छ । निर्जीवन बीमा कम्पनीहरु मध्ये कम्पनीले सबैभन्दा धेरै एक अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कुल बीमा शुल्क आर्जनमा १२.६१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

NIMB

साविक सगरमाथा इन्स्योरेन्स कम्पनीले गएको वर्ष ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै साविक लुम्बिनीको ५० करोड २४ लाख रुपैयाँ थियो । गएको वर्षमा साविक कम्पनीको व्यवसाय जोड्ने हो भने एक अर्ब ३५ करोड हुन आउछ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण निर्जीवन बीमा व्यवसाय पनि खुम्चिदै गइरहेको छ । बजार खुम्चिदै गर्दा पनि कम्पनीले सर्वाधिक धेरै बजार हिस्सा ओगट्न सफल देखिएको छ ।

कम्पनीले असोज मसान्तसम्ममा ७५ हजार ४७० वटा पोलिसी जारी गरेर एक अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज एक महिनामा मात्रै हेर्ने हो भने सगरमाथाले २८ हजार ५१२ वटा पोलिसी जारी गरेर ४० करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गएको भदौ महिनामा मात्रै ३६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो भने साउन महिनामा मात्रै ३० करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । यसरी कम्पनीले हरेक महिनामा निर्जीवन बीमा व्यवसाय बढाउदै आएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया