राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
- BFIS News
- 2026 Nov 27 09:53
काठमाडौं, मंसिर ११ गते । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको हो। यसका लागि आज मंसिर ११ गते निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरिएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोल आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत गर्न सकिनेछ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
यो ६१ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया