सुन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदीको भाउ पनि उकालो
- BFIS News
- 2026 Nov 27 10:41
काठमाडौं, मंसिर ११ गते । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।
मूल्यवृद्धिसँगै आज सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा किनबेच भएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया