Siddartha Bank
Prabhu Mahalaxmi

नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 27 23:22
नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित
United Ajod

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा मनिष नारायण जोशी निर्वाचित भएका छन्। संघको मंसिर ११ गते शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

Siddartha Bank
EBL
Nepal Life

नवनिर्वाचित अध्यक्ष जोशी नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रतिनिधि हुन्। यसैगरी, उपाध्यक्षमा एनएमबी क्यापिटल लिमिटेडका दिपेश कुमार बैद्य निर्वाचित भएका छन्।

संघको महासचिवमा एनआईएमबी एस क्यापिटल लिमिटेडका शिवान्त बहादुर पाँडे र कोषाध्यक्षमा कुमारी क्यापिटल लिमिटेडका पुष्प शर्मा चयन भएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यमा सिद्धार्थ क्यापिटल लिमिटेडका सन्दीप कार्की, ग्लोबल आईएमई क्यापिटल लिमिटेडका मन्दिप लुइँटेल र नेशनल क्यापिटल लिमिटेडका अर्पण खनाल निर्वाचित भएका छन्। सभाबाट सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया