Siddartha Bank
Prabhu Mahalaxmi

नेपाल बैंक र फोनपेबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन गर्ने सम्झौता

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 11:41
नेपाल बैंक र फोनपेबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन गर्ने सम्झौता
United Ajod

काठमाडौं, मंसिर १२ गते । नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

 

Siddartha Bank
EBL
Nepal Life

मंसिर १० गते भएको सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट क्रेडिट कार्ड सुविधा उपयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले डिजिटल भुक्तानी गर्न, कारोबारको वास्तविक समयमै अनुगमन गर्न र भुक्तानी व्यवस्थापन गर्न सक्नेछन् । यसमा ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्पसमेत उपलब्ध हुने जनाइएको छ ।

नेपाल बैंक र फोनपेबीचको सहकार्यले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया