सिद्धार्थ बैंकमा ०.५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका ३५ जना शेयरधनी
- BFIS News
- 2026 Nov 28 11:51
काठमाडौं मंसिर १२ गते। नेपाल प्रिमियर लिग (एनपिएल) को मुख्य प्रायोजकसमेत रहेको सिद्धार्थ बैंक लिमिटेडमा ०.५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका ३५ जना शेयरधनी रहेका छन् ।
बैंकका ठूला शेयरधनीमध्ये प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनी प्रालि पहिलो स्थानमा रहेको छ । कम्पनीको बैंकमा ३.२३ प्रतिशत अर्थात् ४७ करोड ८० लाख ८९ हजार ९०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
दोस्रो ठूलो शेयरधनी नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत अर्थात् ४३ करोड ६५ लाख १९ हजार २०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेका रतनलाल केडियाको २.४८ प्रतिशत अर्थात् ३६ करोड ७२ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
सूचीको चौथो स्थानमा रहेकी सविता केडियाको शेयर स्वामित्व गत वर्षको १.९२ प्रतिशतबाट बढेर यस वर्ष २.०९ प्रतिशत पुगेको छ । उनको नाममा ३० करोड ९१ लाख ९० हजार रुपैयाँ बराबरको शेयर रहेको छ ।
त्यस्तै, पाँचौँ ठूलो शेयरधनी पवन कुमार अग्रवालको बैंकमा १.७६ प्रतिशत अर्थात् २६ करोड ८ लाख २९ हजार ९०० रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।


![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया