Siddartha Bank
Prabhu Mahalaxmi

पुष्प–चन्द्र ट्रष्टद्वारा स्याङ्जाको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 12:27
पुष्प–चन्द्र ट्रष्टद्वारा स्याङ्जाको सरस्वती माध्यमिक विद्यालयका  विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
United Ajod

स्याङ्जा । पुष्प–चन्द्र ट्रष्टले स्वर्गीय चन्द्रलक्ष्मी श्रेष्ठको ७७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६, नागडाँडास्थित सरस्वती माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

ट्रष्टले शुक्रबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, ज्यामिति बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो। साथै, विद्यालयलाई बौद्धिक तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।

‘धन होइन, मनबाट सेवाभाव’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै ट्रष्टले स्वर्गीय पुष्पमान श्रेष्ठको सामाजिक प्रेरणा तथा स्वर्गीय चन्द्रलक्ष्मी श्रेष्ठको निःस्वार्थ सेवाभाव, त्याग, करुणा र समभावलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। बालबालिकाको मुहारमा मुस्कान ल्याउनुका साथै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा पुष्प–चन्द्र ट्रष्टका अध्यक्ष महेन्द्रमान श्रेष्ठ ‘व्यथित’ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय अगुवा तथा ट्रष्टका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो।

राष्ट्रिय गान तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा ट्रष्टकी संस्थापक स्वर्गीय चन्द्रलक्ष्मी श्रेष्ठको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा ट्रष्टका पदाधिकारीहरूले संस्थाको परिचय, उद्देश्य तथा साताव्यापी रूपमा सञ्चालन भइरहेको ‘Student Support Program (SSP-2083)’ अभियानबारे जानकारी गराएका थिए।

विद्यार्थीको प्रतिभालाई नगद पुरस्कार

कार्यक्रममा ‘Happy Students, Creative Students’ भन्ने भावनासहित विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न बाजा बजाउने कला प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको मौलिक बाजा बजाउने प्रतिभाबाट प्रभावित भएर ट्रष्ट परिवारका तर्फबाट ३ हजार रुपैयाँ तथा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूका तर्फबाट थप सहयोग गरी कुल ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी, नृत्य विधामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीलाई १ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको ट्रष्टले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूले बाजा बजाएर प्रस्तुत गरेको सांगीतिक प्रस्तुतिले अतिथिहरूलाई समेत आकर्षित गरेको थियो। विद्यार्थीहरूको प्रतिभाको कदर गर्दै अतिथिहरूले उनीहरूलाई थप हौसला प्रदान गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीतादेवी उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रष्टका सचिव ऋषिराम शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक विशाल गौतम तथा ट्रष्टका संस्थापक सदस्य अनन्तमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थी नारायण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक युवराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया