Nepal Life

वित्तीय साक्षरता प्रदान गर्ने प्रशिक्षकहरु सँग गभर्नर अधिकारीको 'किक अफ मिटिङ', नयाँ जिम्मेवारी सहित हौसला प्रदान

National Life
  • BFIS News
  • 2023 Nov Wed 22:18
वित्तीय साक्षरता प्रदान गर्ने प्रशिक्षकहरु सँग गभर्नर अधिकारीको 'किक अफ मिटिङ', नयाँ जिम्मेवारी सहित हौसला प्रदान
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता सम्बन्धि तालिमहरु सञ्चालनका लागि प्रशिक्षक प्रशिक्षणको तालिम लिएका प्रशिक्षकहरु सँग 'किक अफ मिटिङ' गरेको छ । कुनै पनि परियोजनालाई औपचारिक रुपमा कार्यान्वयन गर्नु अगाडी यस्तो बैठक आयोजना गरिन्छ । 

NIMB

बैठकमा वित्तीय साक्षता सम्बन्धी तालिम लिएका २५ जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैठकमा सहभागी प्रशिक्षकहरुलाई अव तपाईहरु नेपाल राष्ट्र बैंकको औपचारिक दुतको रुपमा नियुक्त हुन भयो भन्दै संबोधन गरेका थिए । उनले सम्पुर्ण प्रशिक्षकहरुलाई औपचारिक अनौपचारिक रुपमा नेपाल राष्ट्र बैंकको आधिकारिक प्रतिनिधिको रुपमा व्यवहार गर्न सक्ने आग्रह गरेका छन् । बैठकमा सहभागीहरुले नयाँ जिम्मेवारी प्राप्त भएको भन्दै आफुले पाएको जिम्मेवारी गम्भिरताका साथ पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा वित्तीय साक्षरता सम्बन्धी अभियान सञ्चालन गर्दैछ । यसका लागि राष्ट्र बैंकको मात्रै रिसोर्सले नपुग्ने भएकाले बैंक वित्तीय क्षेत्रमा लामो समय काम गरेका अनुभवी र विज्ञहरुलाई प्रशिक्षण दिएर प्रशिक्षक बनाइसकेको छ । 

प्रशिक्षकहरुमा नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीदेखि लिएर पुर्व बैंकरहरु सुमन सुवेदी, भुवन दाहाल, किरण काफ्ले, प्रविण पौड्याल, अभयराज शर्मा, कुवेर निरौला लगायत छन् । राष्ट्र बैंकले बैंकर्स प्रशिक्षण केन्द्र बोडेमा गएको असोज २१ गतेदेखि २६ गतेसम्म प्रशिक्षण प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको मानव संशाधन विभागले आयोजना गरेको तालिममा वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई तालिमसम्बन्धी सैद्धान्तिक ज्ञान तथा सीप प्रदान गरिएको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया