Nepal Life

डिप्रोक्स लघुवित्तको मुनाफा १०.९६ प्रतिशतले घट्यो, खराब कर्जा ५.१४ प्रतिशत पुग्यो

NMB Bank
  • BFIS News
  • 2023 Nov 09 08:07
डिप्रोक्स लघुवित्तको मुनाफा १०.९६ प्रतिशतले घट्यो, खराब कर्जा ५.१४ प्रतिशत पुग्यो
National Life

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ८ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको मुनाफा गत वर्षको यहि अवधिको तुलनामा १०.९६ प्रतिशतले घटेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ९ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो । 

Shikhar
NIMB

लघुवित्तको खुद ब्याज आम्दानी थोरै बढेपनि इन्मपेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.५३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.२९ प्रतिशत बढेको छ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ३.६८ प्रतिशतबाट बढेर ५.१४ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४ करोड ८९ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै १०.९६ प्रतिशत घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ।

१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा २.७९ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ४ करोड १२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ८३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया