Nepal Life

नेशनल लाइफको जीवन बीमा कोषमा ६८ अर्ब ८ करोड, मुनाफामा सामान्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 07:06
नेशनल लाइफको जीवन बीमा कोषमा ६८ अर्ब ८ करोड, मुनाफामा सामान्य सुधार
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एनएफआरएस प्रणाली अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले तीन महिनाको अवधिमा १३ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने सामान्य गिरावट देखिएको छ । कम्पनीले तीन महिनामा ४ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क मात्रै तीन अर्ब २८ करोड रहेको छ । एकल बीमा शुल्क आर्जन भने २७ करोड १३ लाख रुपैयाँ छ । प्रथम बीमा शुल्क आर्जन भने ९० करोड ७२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ५ अर्ब एक करोड रहेको छ भने जगेडा कोषमा ४९ करोड ८ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोष ६८ अर्ब ८ करोड रहेको छ । गएको असारमा यस्तो कोष ६५ अर्ब ७८ करोड थियो । कम्पनीले बीमालेख धितोकर्जादेखि लिएर अभिकर्ता लगायतलाई १० अर्ब ९३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

कम्पनीले बीमितलाई समिक्षा अवधिमा एक अर्ब ९७ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब १४ करोड बराबरको दाबी भुक्तानी गरेको थियो । जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले यस वर्ष ३८ करोड ९६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया