Nepal Life

सिटिजन लाइफको मुनाफा सँगै अधिकाम्स सूचकमा सुधार, जीवन बीमा कोषमा ११ अर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 07:42
सिटिजन लाइफको मुनाफा सँगै अधिकाम्स सूचकमा सुधार, जीवन बीमा कोषमा ११ अर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा अधिकाम्स सूचकमा सुधार गरेको छ । कम्पनीले पहिलो त्रैमाशिक अवधिमा ७ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अधविमा ७ करोड ३ लाख रुपैयाँ थियो ।

NIMB

कम्पनीले समिक्षा अवधिमा एक अर्ब ५० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन ४१ करोड ६० लाख रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क आर्जन एक अर्ब ८ करोड छ ।

सिटिजन लाइफले यस वर्ष प्रिमियममा प्राथमिक शेयर जारी गरेर चुक्ता पूँजी ३ अर्ब ७५ करोड पुर्याएको छ भने शेयर प्रिमियम मात्रै एक अर्ब ५५ करोड संकलन गर्न सफल भएको छ । कम्पनीको जगेडा कोषमा ६५ करोड ५१ लाख रुपैयाँ छ ।

बीमालेख धितोमा देखि लिएर विभिन्न क्षेत्रमा ७३ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । कम्पनीले समिक्षा अवधिमा ४७ करोड ३१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने अभिकर्तालाई १५ करोड ८७ लाख रुपैयाँ कमिशन भुक्तानी गरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १८१ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया