धौलागिरी लघुवित्तले घोषणा गर्यो लाभांश, कर प्रयोजनका लागि नगद सहित १४.२५ प्रतिशत बोनस शेयर
- BFIS News
- 2023 Nov Fri 10:06
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले कर प्रयोजनका लागि नगद सहित १४.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको कार्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश सहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा स्वीकृतिका लागि पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।
हाल संस्थाको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी १५ करोड ३० लाख पुग्नेछ ।
प्रतिक्रिया