Nepal Life

आइपिओ निष्काशन पछि आइएमई लाइफको सम्पुर्ण सूचकमा सुधार, नाफा ७६ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 10:52
आइपिओ निष्काशन पछि आइएमई लाइफको सम्पुर्ण सूचकमा सुधार, नाफा ७६ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । आइपिओ निष्काशन पछि आइएमई लाइफले सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिको वित्तीय विवरण अनुसार मुनाफा मात्रै ७६ प्रतिशतले बढाउन सफल देखिएको छ ।

NIMB

कम्पनीले असोज मसान्तसम्ममा ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी ४ अर्ब पुर्याउन सफल देखिएको छ ।

प्रिमियममा शेयर निष्काशन गर्दा कम्पनी सँग शेयर प्रिमियम मात्रै एक अर्ब ५३ करोड रहेको छ । जगेडा कोषमा ६६ करोड ९ लाख रुपैयाँ रहेको छ । कम्पनीले नेपाल बीम प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब सहजै पुर्याउन सक्नेछ ।

कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ४६ करोड जम्मा भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीले एक अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६ प्रतिशतले बढि हो । अभिकर्ता कमिशन भने घटेको छ । तीन महिनामा कम्पनीले अभिकर्ताहरुलाई १० करोड ७१ लाख रुपैयाँ कमिशन बुझाएको छ । प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया