Nepal Life

ग्लोबल आइएमई बैंकको तिहार क्यासव्याक अफर, मोबाइल बैंकिङ र कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता

National Life
  • BFIS News
  • 2023 Nov Fri 12:07
ग्लोबल आइएमई बैंकको तिहार क्यासव्याक अफर, मोबाइल बैंकिङ र कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता
RBB

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा 'तिहार क्यासव्याक अफर' ल्याएको छ । बैंकले क्युआर, मोबाइल बैंकिङ र कार्डबाट भुक्तानी गर्दा क्यास व्याकको अफर ल्याएको हो । 

NIMB

बैंकले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अधिकतम ५०० रुपैयाँसम्म क्यास व्याक दिने भएको हो । यहि कार्तिक २५ गतेदेखि २९ गतेसम्म यस्तो सुविधा पाउन सकिने बैंकले जनाएको छ । 

यस्तो सुविधा पस मार्फत हुने कारोबारलाई पनि मान्यता प्रदान गरिएको छ । यसरी पस मेसिनबाट तीन वटासम्मको कारोबारमा ग्राहकहरुले ३०० रुपैयाँ दर क्यास व्याक पाउन सक्ने छन् । त्यस्तै ५ वटासम्मको कारोबारमा ५०० रुपैयाँ क्यास व्याक पाउन सक्ने छन् ।  यस्तो रकम बैंकको क्याम्पिएन सकिए पछि मात्रै ग्राहकहरुले पाउन सक्ने बैंकले जनाएको छ । 

बैंकले कार्तिक २५ गतेदेखि २९ गते सञ्चालन गर्ने क्यासव्याक क्याम्पियन साझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरुले मोबाइल बैंकिङ मार्फत क्युआरबाट प्रोमो कोड ‘TIHAR’ प्रयोग भुक्तानी गर्दा तत्काल १० प्रतिशत क्यास व्याक पाउन सकिनेछ । यस्तो १० प्रतिशतको सिमा अधिकतम ३०० रुपैयाँसम्मका लागि लागु हुनेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया