राष्ट्र बैंकले सार्वजनिक गर्यो २५ जना वित्तीय प्रशिक्षकको नामावली, छिट्टै क्याम्पियन सुरु गर्ने
- BFIS News
- 2023 Nov Fri 12:38
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ जना वित्तीय प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । गएको महिना राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तित्वहरुलाई 'टट ट्रेनिङ' दिएको थियो । उक्त तालिममा सहभागी व्यक्तिहरुलाई प्रशिक्षकको रुपमा काम गराउनका लागी राष्ट्र बैंकले किक अफ मिटिङ समेत गरिसकेको छ ।
किक अफ मिटिङमा २५ जनाले नै वित्तीय साक्षरताका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । प्रारम्भिक रुपमा प्रतिवद्धता प्राप्त गरे सँगै बैंकले २५ जनाको काम सार्वजनिक गरेको हो । राष्ट्र बैंकले अवको केहि समयमै वित्तीय साक्षरता अभियान सुरु गर्दै छ । उक्त अभियानमा सूचिकृत प्रशिक्षकहरुले राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सक्ने छन् ।
प्रतिक्रिया